×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

२५ जेष्ठ २०७८

२५ जेठ, काठमाडौँ ।

विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ ।

Advertisement
Advertisement

सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारीः नेपाली चलचित्र’ क्षेत्र विषयक छलफल कार्यक्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले सन् २००८ देखि डिजिटल प्रविधिमा गएपछि चलचित्र उद्योग राम्रो चल्न थालेकामा भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता कारणले धरासायी अवस्थामा पुगेको बताए ।

भूकम्पपछि गति लिँदै गएको चलचित्र उद्योगमा कोरोनाका कारण एक वर्षमा रु एक अर्बभन्दा बढी घाटा लागेको उनको भनाइ थियो । चलचित्र उद्योगमा कार्यरत हजारौँ मानिस बेरोजगार भई बिहान–बेलुका हातमुख जोर्नसमेत धौधौ हुन थालेको चलचित्र निर्माताको गुनासो छ । बन्दाबन्दीअघि तयार भएका धेरै चलचित्र भए पनि प्रदर्शन हुन पाएका छैनन् ।

आगामी आर्थिक वर्षको बजेटमा चलचित्र उद्योगसम्बन्धी नीतिगत स्पष्टता नआएकाले त्यसलाई सच्याउनसमेत माग गरिएको छ । चलचित्र क्षेत्र पुनरुत्थान हुने कार्यक्रम बजेटमार्फत आउनुपर्ने निर्माताहरूको माग छ । नेपाल आफैँमा फिल्मसिटी भए पनि एउटा स्टुडियो आवश्यक रहेको उनको भनाइ छ ।

मोसन पिक्चर्स एशोसिएशनका अध्यक्ष मधुसुदन प्रधानले ऐतिहासिक पुरुष, संस्कृतिका विषयमा चलचित्र बनाउन अनुसन्धानात्मक कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

नेपालका जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाका विषयमा चलचित्र निर्माण शुरु भए पनि पूरा नभएको, वीर गणेशमान चलचित्रमा गणेशमान सिंहलाई न्याय नभएको उनको भनाइ थियो ।

हाल अमेरिकामा र

हेका निर्देशक एवं लेखक अनिश कोइरालाले चलचित्र बनाउन धेरै दस्तावेज जुटाएर अनुसन्धान गरेर अघि बढेमात्र सफल हुने गरेको सुनाए । कार्यक्रममा चलचित्र निर्देशक महासङ्घका अध्यक्ष रक्षासिंह राणा, समालोचक सामीप्य तिमल्सिनालगायतले महिलालाई चलचित्रमा टिक्न अप्ठ्यारो हुने गरेको भन्दै कोरोना महामारी पलायन हुन लागेको बताए ।

फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले नेपाललाई चिनाउन सक्ने चलचित्र बनाइनुपर्नेमा जोड दिँदै बिपी, पुष्पलाल, सत्यमोहन जोशी, माधवप्रसाद घिमिरेजस्ता ऐतिहासिक व्यक्तित्वका विषयमा चलचित्र बनाउन आवश्यकता रहेकामा जोड दिए ।

Advertisement

कोरोनाअघि देशभर करिब ३०० चलचित्र घर चल्ने गरेकामा गत वर्षको बन्दाबन्दीपछि केही समय खुलेका बेला ८० चलचित्र घर पनि चल्न नसकेको निर्माताहरुको भनाइ छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top