बौद्धको नयाँ बस्तीमा बोराभित्र भेटियो शव

बौद्धको नयाँ बस्तीमा बोराभित्र भेटियो शव

२५ जेठ, काठमाडौँ ।

काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा बोराभित्र शव भेटिएको छ।

घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार आज बिहान बोरामा पोको पारेर फ्यालिएको अवस्थामा शव फेला परेको हो । हत्या गरेर शव फालेको हुनसक्ने अनुमान छ ।

हाल महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थलमा पुगेको छ । केहीबेरमा घटनाको विस्तृत विवरण आउने बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.