×

NEPAL TIMES UPDATES

Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026
Playing
एमालेको लालकिल्लामा पूर्वमाओवादीको हालीमुहाली || Nepal Times
Apr 06, 2026
Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026

विश्वकप फुटबल ः सहज जित निकाल्दै ब्राजिल अन्तिम १६ मा, जर्मनी ८० वर्षपछि पहिलो चरणबाटै बाहिरियो

१४ असार २०७५

विराटनगर ःविश्वकप फुटबल अन्तर्गत बुधबार राती भएको खेलमा ब्राजिलले सर्बियामाथि सहज जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।समूह इ अन्तर्गत भएको खेलमा खेलमा ब्राजिलले सर्वियालाई २ गोलले पराजीत गर्दै अन्तिम १६ मा आफ्नो स्थान बनाएको हो ।

एक खेलमा बराबरी र एकमा जीत निकालेको ब्राजिल आजको खेलमा जीत वा न्यूनतम बराबरीको लक्ष्यका साथ मैदान छिरेको थियो भने सर्विया अनिवार्य जित निकाल्नै पर्ने अवस्था मैदान छिरेको थियो।

Advertisement

खेलको अधिकाशं समय बललाई आफ्नो नियन्त्रणमा राखेको ब्राजिललाई अग्रता दिलाउने क्रममा पहिलो हाफको ३६ औं मिनेटमा ब्राजिलका मिलफिल्डर पाहुलिनोले गोल गरेका थिए । उनले कान्टिनोबाट प्राप्त पासलाई सफ्ट टच गरेर सर्वियाका गोल रक्षकलाई नघाउँदै बललाई जाली चुमाएका थिए।

पहिलो हाफमा १–० ले अगाडी रहेको ब्राजिलले आफ्नो अग्रतालाई दोश्रो हाफमा दोब्बर पार्याे। ब्राजिलका लागि दोश्रो गोल खेलको ६८ औं मिनेटमा थियागो सिल्भाले गरेका हुन्।आजको खेलमा सर्वियाले केहि राम्रो अवसरहरूलाई गोलमा परिणत गर्न चुक्यो। यस्तै ब्राजिलका स्टार खेलाडी नेयमारले पनि केहि राम्रा अवसरहरूलाई गोलमा परिणत गर्न सकेनन्।

जर्मनीको इतिहासकै खराब प्रदर्शन, ८० वर्षपछि पहिलो चरणबाटै बाहिरियो

विश्वकप फुटबलको इतिहासमा विश्व विजेता टिम समुह चरणबाट बाहिरिने जर्मनी तेस्रो टिम बनेको छ । यसअघि सन् २०१० मा इटाली, सन् २०१४ मा स्पेन पहिलो चरणबाटै बाहिरिएका थिए। २०१४ को विश्व विजेता जर्मनी रुस विश्वकपमा खराब सुरुवातले पहिलो चरणबाटै बाहिरिएपछि विश्व विजेता पहिलो चरणबाटै बाहिरिने क्रम लगातार तेस्रो पटक दोहोरिएको हो ।

जर्मनी दक्षिण कोरियासँग खराब नतिजामा सीमित हुँदा रुस विश्वकपको समूह ‘एफ’बाट स्वीडेन विजेता र मेक्सिको उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेका छन्। दक्षिण कोरियाका लागि जर्मनीविरुद्ध इन्जुरी समयमा किम यङ वन र सन हिउन मिनले एकएक गोल गरेर सनसनीपूर्ण ढंगले नतिजा आफ्नो पक्षमा पारे।

Advertisement

उता सोही समयमा भएको अर्को खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले पराजित गरेको छ । स्वीडेनका लागि लुडविग अगस्टिनसन र आन्देस गा्रभिष्टले एकएक गोल गरे भने मेक्सिकोले एक गोल उपहार दियो। आजको खेलसँगै विश्वकपको चार पटककको विजेता जर्मनी रुस विश्वकपबाट घर फर्किएको छ। विश्व फुटबल इतिहासमा यसअघि जर्मनीले सन् १९३८ को विश्वकपमा पहिलो चरण पार गर्न सकेको थिएन।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top