काठमाडौँमा दुई दिनमा १८ हजारले लगाए खोप

२७ जेठ, काठमाडौँ ।

Advertisement

काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम शुरु गरेको हो ।

महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई शुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३ सहभागी भएको महानगरको स्वास्थ्य महाशाखाले जानकारी गराएको छ ।

Advertisement

खोप अभियानको पहिलो दिन आठ हजार ७४७ सहभागी भएका थिए भने दोस्रो दिन नौ हजार ३६६ सहभागी भएका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

पहिलो दिन चार हजार ४१९ पुरुष र चार हजार ३२८ महिला सहभागी थिए । दोस्रो दिन चार हजार ८९३ पुरुष र चार हजार ९८४ महिला सहभागी भएको पनि विभागले जानकारी दिएको छ ।

Advertisement

प्रमुख कुँवरले पाँच दिनमा एक लाख बढीलाई खोप कार्यक्रममा सहभागी बनाउने लक्ष्य लिएको उल्लेख गर्दै सो समूहका सबै महानगर क्षेत्रभित्र बसोबास गर्ने नागरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गरे ।

नगर प्रमुख विद्यासुन्दर शाक्यले निर्धारण गरेको उमेर समूहमा पर्ने व्यक्तिले उत्साहजनकरूपमा आफूलाई पायक पर्ने स्थानमा पुगी खोप लगाउन आग्रह गर्नुभएको छ ।

महानगरपालिकाले खोप लगाउने कार्यसञ्चालन गर्दा भीड नियन्त्रण गर्न भन्दै हरेक दिन फरक–फरक उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको थियो ।

सोअनुसार कामपाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो । शहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, यही जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको थियो ।

खोप कार्यक्रम यही जेठ २९ गतेसम्म सञ्चालन हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top