वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन – गगन थापा

२८ जेठ ७८, शनिबार

२९ जेठ, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेस नेता गगन थापाले बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने बताएका छन्।

बैद्यले दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिने थापाले बताए । उनले कांग्रेसभित्र हिंसालाई स्थान नहुने स्पष्ट पारे।

Advertisement

‘नरोत्तम वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन। मलाई विश्वास छ,दलको नेताको निर्देशनअनुसार आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिनुहुनेछ। अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन,आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन,’ थापाले ट्विटरमार्फत भनेका छन्।

बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएका थिए ।

Advertisement

वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए । गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top