आयो वाईड बडी एयरबस विमान, यस्ताे छ भित्री भाग(फोटो फिचरसहित)

विराटनगर,असार १४
नेपाल वायुसेवा निगमले विहीबार पहिलो वाईड बडी एयरबस विमान नेपाल भित्र्याएको छ । विहिबार नेपाल वायुसेवा निगमको पहिलो वाईड बडी एयरबस ए ३३० विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमान अवरणपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले वाईडबडी एयर विमान नेपालमा भित्र्याउने कामबाट सिंगो मुलुक खुसी भएको प्रतिक्रिया दिए । उनले हवाई उडानको क्षेत्रलाई विश्वभर प्रतिस्पर्धा गर्न सक्ने बनाउन पनि नेपाल वायुसेवा निगमलाई सचेत गराए ।

कार्यक्रममा बोल्दै नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारले वाईड बडी विमान नेपालमा भित्रयाउने कामबाट नेपालले हवाई उडानको क्षेत्रमा फड्को मारेको बताए । उनले अन्तराष्ट्रिय उडानबाट प्राप्त मुनाफाबाट नेपालको दुर्गम क्षेत्रमा पनि हवाई उडान विस्तार गर्ने योजना पनि अघि सारेका छन ।

Advertisement

निगमले दुईवटा वाईडबडी विमान खरिद गर्ने निर्णयअनुसार आज पहिलो जहाज भित्र्याएको हो । अन्नपूर्ण नाम दिइएको यो वाइडबडी विमान हाईफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद गरेको हो ।

दोस्रो वाइड बडी विमान पनि चाँडै ल्याउने निगमले जनाएको छ । नयाँ विमानमा १६ वटा बिजनेस श्रेणीका सहित २ सय ७४ वटा सिट रहेका छन । निगमले यो विमान खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषसँग २४ अर्ब ऋण लिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top