मार्जिन प्रकृतिको कर्जा ९९ प्रतिशत बढ्यो

३ असार,काठमाडौं ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) को वैशाखको तुलनामा चालू आवको वैशाखमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा वृद्धिदर ९९ दशमलव १९ प्रतिशतले बढेको छ ।

गत आवको १० महीनाको तुलनामा चालू आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कुल कर्जा रू। ९४ अर्ब ३४ करोड ४० लाख पुगेको छ । यो वाणिज्य, विकास बैंक र वित्त कम्पनीमार्पmत भएको कर्जा प्रवाह हो ।

Advertisement

गत आवको सोही अवधिमा मार्जिन प्रकृतिको यस्तो कर्जा रू। ४७ अर्ब ३६ करोड ५० लाख बराबर प्रवाह भएको थियो । यसपटक थप ४६ अर्ब ९७ करोड ९० लाख रुपैयाँले कर्जा प्रवाह भएको छ ।

वैशाखसम्मको कुल कर्जा प्रवाहमा मार्जिन प्रकृतिको कर्जाको अंश २ दशमलव ३२ प्रतिशत रहेको छ । यसअवधिमा कुल कर्जा रू। ४० खर्ब ६१ अर्ब ४० करोड ५० लाख प्रवाह भएको छ । यसअवधिमा वाणिज्य बैंकको कर्जा वृद्धिदर ११४ दशमलव ८६ प्रतिशत रहेको छ ।

Advertisement

सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूमा गत आवको वैशाखसम्म ३७ अर्ब ९८ करोड ३० लाख रुपैयाँ हाराहारीमा कर्जा प्रवाह भएकोमा गत वैशाखमा रू ८१ अर्ब ६१ करोड २० लाख पुगेको छ । वाणिज्य बैंकमध्ये सबैभन्दा बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह गर्नेमा ग्लोबल आईएमई बैंक देखिएको छ । ग्लोबलले यस शीर्षकको कर्जामा ७ अर्ब ५१ करोड ६० लाख रुपैयाँ प्रवाह गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top