कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

३ असार, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालयले यसअघि सूचना जारी गरी सबै केन्द्रीय सदस्यहरुलाई बैठकमा सहभागी हुन आग्रह गरेको थियो ।

बैठकले महाधिवेशनको समय तालिका परिवर्तन गर्ने बताइएको छ । यसअघि गत शनिबार बसेको पार्टीका पदाधिकारीको बैठकले आसन्न १४ औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो र उक्त निर्णलाई लागि आजको बैठकले अनुमोदन गर्ने बताइएको छ ।

साथै अन्य विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । यसअघि भदौ ७ देखि १० सम्मका लागि तोकिएको महाधिवेशन अब भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.