इरान चुनाव : राष्ट्रपतिमा रइसी निर्वाचित भएपछि इजरायलको चिन्ता

६ असार, एजेन्सी ।

इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम रइसी निर्वाचित भएपछि इजरायलले चिन्ता व्यक्त गरेको छ । रइसी अहिलेसम्मकै कट्टर राष्ट्रपति रहेको र उहाँले इरानको परमाणु गतिविधिमा बढावा दिने भन्दै इजरायलले चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ ।

इजरायलको विदेश मन्त्रालयका प्रवक्ता लिओर हायतले अन्तर्राष्ट्रिय समुदायले रइसीलाई निर्वाचित गरेको इरानको चुनावप्रति चासो व्यक्त गर्नुपर्ने पनि बताएका छन् । ६२ प्रतिशत मत ल्याएर राष्ट्रपति पदमा निर्वाचित रइसीले आउँदो अगस्ट महिनामा पदको शपथ लिने छन् ।

Advertisement

इरानका मुख्य न्यायाधीश रहेका रइसीमाथि राजनीतिक बन्दीहरूलाई मृत्युदण्ड दिएको आरोप छ । रइसीलाई अमेरिकाले यसअघि नै प्रतिबन्ध लगाएको छ ।

जितपछि रइसीले क्रान्तिकारी तथा भ्रष्टाचार विरोधी सरकार गठन गर्ने बताएकोे बीबीसीले जनाएको छ । इजरायललगायतले इरानले परमाणु कार्यक्रमलाई बढावा दिने चिन्ता व्यक्त गरे पनि इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णरूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

सम्बन्धित समाचार

Scroll to Top