सरकारको कामको समीक्षा गर्ने बेला भएको छैन—अध्यक्ष थापा

१५ असार ७५, शुक्रबार
Share this
749shares

नेपालगञ्ज, असार १५

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताएका छन्।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने—“सरकार गठन भएको धेरै भएको छैन, केही राम्रा कामको शुरुवात सरकारले गरेकाले नकारात्मक टिप्पणी गर्नुपर्ने कुनै कारण देखिदैन ।”

Advertisement

अध्यक्ष थापाले सिद्धान्त नमिल्नेसँग आफ्नो पार्टीको एकता नहने बताउँदै आफ्नो दलले राप्रपा प्रजातान्त्रिकसँग एकता प्रक्रिया पुनःअघि बढाएको छ भने ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले निर्वाचनमा पराजय व्यहोरेपछि आफ्नो पार्टी अहिले संगठन विस्तार, जनपरिचालन, भ्रष्टाचार विरुद्ध भण्डाफोर अभियानमा सक्रिय रहेको बताए ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top