भारतले नेपाललाई मागेजति मल नदिने

१० असार ७८, शुक्रबार

११ असार, काठमाडौं ।

भारतले नेपाल सरकारलाई मागेजति रासायनिक मल नदिने जानकारी पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने सम्झौताको मस्यौदा भारतलाई पठाउँदा भारतले सो जानकारी दिएको हो ।

भारतसँग जीटुजीमार्फत मल खरिद गर्न भनि मन्त्रिपरिषद्ले कृषि मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएपछि सम्झौताका लागि भारतलाई अन्तिम मस्यौदा पठाएको थियो ।

Advertisement

परराष्ट्र मन्त्रालयमार्फत पठाएको सो पत्रको जवाफ आइसकेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले भारत सरकारसँग जीटुजीमार्फत पाँच वर्षका लागि मल खरिद गर्ने सम्झौता गर्न लागेको हो ।

कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेका अनुसार पहिलो वर्ष एक लाख १० हजार मेट्रिक टन, दोस्रो वर्ष एक लाख २५ हजार मेट्रिक टन, तेस्रो वर्ष एक लाख ४० हजार मेट्रिक टन गर्दै पाँचौँ वर्षमा दुई लाख १५ हजार मेट्रिक टन मल खरिद गर्ने प्र७कदत्रगय;ताव गरिएको छ तर भारतले यो मात्रामा मल दिन नसकिने भन्दै मात्रा घटाउन आग्रह गर्दै पत्र पठाएको छ

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top