×

NEPAL TIMES UPDATES

Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026

मोटरसाइकल आयात ६० प्रतिशतले बढ्यो

११ असार २०७८

११ असार, काठमाडौं ।

अघिल्लो वर्षको बन्दाबन्दीयता मोटरसाइकल तथा स्कूटरको आयात बढ्दै गएको छ । कोरोनाले अन्य थुप्रै व्यवसाय धराशयी भएपनि मोटरसाइकलको आयात भने बन्दाबन्दी खुलेपछि गतवर्षको साउनदेखि बढ्दै गएको छ ।

Advertisement
Advertisement

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ११ महीनामा मोटरसाइकलको आयात ६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल २ लाख २ हजार ५६२ वटा मोटरसाइकल आयात भएकोमा यस वर्ष आयात वृद्धि भई ३ लाख २३ हजार ४६० पुगेको छ । यस अवधिमा मोटरसाइकल आयातका लागि कुल रू. ३० अर्ब बाहिरिएको छ । अघिल्लो वर्ष नेपालमा रू. १८ अर्ब २४ करोडको मोटरसाइकल आयात भएको थियो ।

२०७६ चैत दोस्रो सातादेखि सरकारले नेपालमा कोरोनाको संक्रमण देखिन थालेपछि बन्दाबन्दी गरेको थियो । ३ महीना लामो बन्दाबन्दी असारबाट खुकुलो भएकोमा साउनदेखि नै दुईपांग्रे सवारीको आयात बढ्दै गएको थियो ।

Advertisement
Advertisement

नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार कोरोना संक्रमणपछि निजी सवारीप्रतिको आकर्षण थप बढेको छ । ‘तथ्यांकले भने जस्तो त्यति ठूलो संख्यामा सवारी बढेको हो कि होइन भनेर हेर्नैपर्छ तर निजी सवारीको माग भने बढ्दै गएको छ,’ उनले भने, ‘बजेटपछि चारपांग्रे सवारीको माग पनि बढ्दो देखिएको छ ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top