विश्वमा अझै धेरै महिला सांसदको आवश्यक रहेकाे राष्ट्रसंघीय महासचिव गुथ्रेसकाे धारणा

विश्वमा अझै धेरै महिला सांसदको आवश्यक रहेकाे राष्ट्रसंघीय महासचिव गुथ्रेसकाे धारणा

संयुक्त राष्ट्रसंघ, असार १६

विश्वमा अझै धेरै महिला सांसदको आवश्यकता रहेकोमा राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले जोड दिएका छन्। हरेक वर्ष आजकै दिन अर्थात् जुन ३० मा मनाइने विश्व संसदवादको सन्दर्भमा दिएको सन्देशमा उनले सो धारणा राखेको प्राप्त समाचारमा जनाइएको छ ।

उनले उक्त सन्देशमा भनेका छन्— अझै पनि विश्वका संसदहरुमा पुरुष सांसदहरुकै बाहुल्यता रहेको छ, ती स्थानमा अब बढीभन्दा बढी महिला सांसदहरु हुनु जरुरी छ, यसबाट मात्र विश्वमा महिलाको वर्तमान अवस्थामा सकारात्मक परिवर्तन हुनेछ । राजनीतिमा महिला सहभागिताको अवस्था बढेको छ, सङ्ख्यात्मक रुपमा हेर्दा यसको अवस्था सन्तोषजनक पनि देखिन्छ तर पनि यसले संसदमा महिलाको सहभागिता बढाउन भने सकेको छैन ।

उक्त सन्देशमा उनले भनेका छन्— यो नयाँ दिवस, संसदवाद दिवस मनारहदा मैले के अनुरोध गर्न चाहन्छु भने तपाईँ सांसदहरुले आआफ्नो देशको संसदमा जनताका कुरा उठाउनुहोस र जनताले भोगेका समस्याहरुको समाधान गरी उनीहरुका जिवनशैलीलाई बढी सहज बनाउने पक्षमा नीति निर्माण गर्नुहोस् ।सो सन्देशमा उनले भनेका छन्— म आफै पनि साँसद थिएँ र यसको अनुभवको आधारमा म के भन्छु भने संसद नै त्यस देशको शासन व्यवस्थालाई प्रजातान्त्रिक बनाउन सांसदको ठूलो हात हुन्छ ।

उनले संसद नै प्रजान्तत्र, शान्ति, मानवअधिकारको संरक्षण र देशको विकासका लागि सबैभन्दा ठूलो आधारका रुपमा रहने धारणा पनि राखे । महासचिव गुथ्रेसले राष्ट्रसंघद्धारा लक्षित दिगो विकासका कार्यक्रमहरु पूरा गर्ने पक्षमा संसदमा कामगर्न पनि संसदलाई आग्रह गरे ।

संयुक्त राष्ट्रसंघले पहिलो पटक यो दिवस जुन ३० मा मनाउने निर्णय गरेको हो ।यस दिवसका दिन विश्वमा संसदीय प्रजातन्त्रको अवस्था, यसको सुधारका पक्षहरुका साथै संसदीय प्रतिनिधित्वको बारेमा विचार विमर्श हुने गर्दछ ।

रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.