×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

तारिणी स्मृति सञ्चारग्राम इतिहासको विरासत–मन्त्री बाँस्कोटा

१६ असार २०७५

विराटनगर, असार १६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तारिणीप्रसाद स्मृति सञ्चारग्रामले इतिहासको विरासत थाम्ने भएकाले सोको निर्माण कार्यमा बढी ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्। तारिणीप्रसाद सञ्चारग्राम निर्माणसम्बन्धी कार्यका लागि गठन भएको परियोजना समन्वय समितिको आज विराटनगरमा बसेको विशेष बैठकमा उनले प्रजातान्त्रिक रेडियोको रुपमा नयाँ जीवन शुभारम्भ गरेका स्वर्गीय तारिणीप्रसाद कोइरालाको सम्झनामा निर्माण हुन लागेको सञ्चारग्राम नेपालकै नमूनाको रुपमा रहने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement

उनले प्रजातान्त्रिक आन्दोलनको बीचमा रेडियो स्थापना गरेर आन्दोलनको सन्देश जनतासम्म पु¥याउने घटना सम्भवतः अन्य मुलुकमा पनि भएको नसुनिएको प्रसंग उल्लेख गर्दे रेडियो इतिहासको सो घटना महत्वपूर्ण घटना भएको चर्चा गरे । नेपालको प्रजातान्त्रिक इतिहाससँग जोडिएको सो सञ्चारग्रामको निर्माण कार्य गुणस्तरीय हुनुपर्ने र डिजाइनअनुरुप समयमै निर्माण कार्य सम्पन्न गर्नका लागि अग्रसर हुन निर्माण कार्यमा संलग्न निकायलाई सञ्चारमन्त्रीले सचेत गराए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सञ्चारग्राम निर्माणका लागि महानगरपालिकाले ६ कठ्ठा जग्गा उपलब्ध गराएको र निर्माण कार्यको महानगरपालिकाको प्राविधिकका साथै आफुले पनि समय समयमा अनुगमन गर्ने गरेको बताए । सो अवसरमा सञ्चारग्राम निर्माणका लागि गठित परियोजनाका संयोजक एवं रेडियो नेपालका निर्देशक सुरेशकुमार कार्कीले निर्माण कार्यको वस्तु स्थितिबारे जानकारी गराउँदै सञ्चार क्षेत्रका साथै साहित्य, कला, सीपमूलक तालीमलगायतको व्यवस्था रहने बताए ।

सो सञ्चारग्राम रु १८ करोड २५ लाख ५२ हजारमा सम्पन्न गर्ने लक्ष्य रहेको प्रसंग उल्लेख गर्दै उनले रु पाँच करोड ५० लाख रेडियो नेपालबाट बाँकी रकम नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपलब्ध गराउने भएको उल्लेख गरे ।

Advertisement

मन्त्रीद्वारा स्थलगत निरीक्षण 
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज विराटनगर–४ मा निर्माणाधीन अवस्थामा रहेको तारिणीप्रसाद सञ्चार ग्रामको स्थलगत निरीक्षण गरे । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्माणकार्य गुणस्तरीय हुनुपर्ने, डिजाइनअनुसारनै काम सम्पन्न गर्नुपर्ने विषयमा निर्देशन दिनुका साथै निर्माण कार्य निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
रासस

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top