मन्त्री बाँस्कोटाद्वारा नेपाल टेलिकम कार्यालयको निरीक्षण

१५ असार ७५, शनिबार

विराटनगर, असार १६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नयाँ सरकारले नयाँ लक्ष्यका साथ कार्य अगाडि बढाएको बताएका छन्।

विराटनगरस्थित नेपाल टेलिकम कार्यालयको निरीक्षणपछि आयोजित समारोहमा उनले भने, “एक्काइसौं शताब्दी सूचना प्रविधिको शताब्दी भएकाले यो सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्छ ।”

Advertisement

मन्त्री बाँस्कोटाले सेवाग्राहीको विश्वास जितेपछि संस्थाप्रतिको विश्वसनियता बढ्छ, विश्वसनियता बढेपछि राजश्वमा वृद्धि हुन्छ र यसले टेलिकम पनि बलियो हुन्छ भन्दै समयसापेक्ष प्रतिस्पर्धी योजना ल्याउन नेपाल टेलिकमलाई निर्देशन दिए ।

उनले संस्थाको हित, विकास र समृद्धिका लागि कार्य गर्न पनि कर्मचारी संघ संगठनलाई आग्रह गरे ।

Advertisement

सो अवसरमा नेपाली टेलिकमका क्षेत्रीय निर्देशक अमरनाथ झाले नेपाल टेलिकमबाट पूर्वाञ्चल क्षेत्रमा सञ्चालित वभिन्न सेवाका वारेमा मन्त्री बाँस्कोटालाई जानकारी गराए ।

यसअघि, मन्त्री बाँस्कोटाले विराटनगरस्थित नेपाल टेलिकम कार्यालयको स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिए।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top