मैथिली र भोजपुरी लगायतका मातृभाषाको विकासमा सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री राउत

१५ असार ७५, शनिबार

धनुषा, असार १६

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा बोलिने सबै मातृ भाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताएका छन्। भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्य प्रणाली विषयक संगोष्ठिलाई आज धनुषामा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबै भाषालाई सम्मान गर्ने गरी नीति ल्याउने बताए ।

प्रदेशको अधिकांश जनताले बोल्ने भाषा प्रदेशको प्राथमिकतामा रहनेमा कुनै शंका नगर्न उनले आग्रह समेत गरे । “मातृ भाषाको प्रयोगले नै हामी समृद्ध हुन्छाैँ, उनले भने”, “मैथिली र भोजपुरी लगायतका मातृभाषाको विकासमा सरकार प्रतिबद्ध छ ।”

Advertisement

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, राजर्षी जनक विश्वविद्यालयका उपकूलपति प्रा भरत झा, नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेता रामचन्द्र मण्डल लगायतका वक्ताले आ–आफ्नो धारणा राखेका थिए।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top