काठमाण्डौको टोखामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गयो, एक जना घाइते

काठमाण्डौको टोखामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गयो, एक जना घाइते

२० असार, काठमाडौं ।

काठमाडौको टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

गएराति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यहीँ ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलकै पछाडि बस्ने ३० वर्षका सागर खतिवडा भने घाइते हुनु भएको र उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.