‘नेपाल एअरलाइन्सलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन रोकिँदैन’

२३ असार, काठमाडौं ।

Advertisement

नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) मा कार्यरत कर्मचारीले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नहुँदासम्म आन्दोलन चलिरहने बताएका छन् ।

बुधवार नेपाल वायु सेवा निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गर्दै निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन चलिरहने बताएको हो । त्यस्तै ट्रेड युनियनले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामासमेत माग गरेको छ ।

Advertisement

सरकारको स्वामित्वमा रहेको निगमलाई कौडीको भाउमा बेचेर निजीकरण गर्नका लागि कम्पनीको प्रबन्ध पत्र र नियमावलीको मस्यौदासमेत तयार पारिसक्दा पनि महाप्रबन्धक पौडेलले सरोकारवालासँग छलफल नगरेको ट्रेड युनियनले आरोप लगाएको हो ।

निगममा रहेको तीन वटै ट्रेड युनियनले शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीमाथि बर्बरतापूर्ण ढङ्गले लाठी चार्ज गरी घाइते बनाएकोप्रति पनि संयुक्त ट्रेड युनियनले भर्त्सना गरेको नेपाल वायु सेवा निगम संयुक्त ट्रेड युनियनका महासचिव हेम लम्सालले बताए ।

Advertisement

निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलले निगमको सम्पत्तिको कम मूल्याङ्कन गरेको, सम्बन्धित मन्त्रालय तथा आम कर्मचारीलाई छल्दै निगम बेच्ने रणनीति बनाएको तथा गलत उद्देश्य राखी सीमित व्यक्तिको माग पूरा गर्ने राष्ट्रघाती कदम चालिएकाले पौडेलको राजीनामा माग्नुपरेको महासचिव लम्सालले दाबी बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top