बहराइनमा कागजात विहीन भएर काम गरिरहेकालाई खोप लगाउन दूतावासको अनुरोध

२२ असार ७८, बुधबार

२३ असार, काठमाडौं ।

Advertisement

बहराइनमा कागजात विहीन भएर काम गरिरहनुभएको छ ? र कोरोना विरुद्धको खोप लगाउनुभएको छैन ? यदि छैन भने छिटो गर्नुहोस् ।

बहराइनमा रहेको नेपाली दूतावासले बहराइनमा कागजात विहीन भएर काम गरिरहेका सबै नेपालीलाई खोप लगाउन आग्रह गरेको छ ।

Advertisement

नेपालबाट बहराइन प्रवेश गर्ने हरेकको विवरण बहराइनको अध्यागमनसँग हुन्छ । उनीहरू मध्ये कतिले भिसा नवीकरण गराए, कति नेपाल फर्किए अनि कति चाहिँ कागजात विहीन भएर काम गरिरहेका छन् भन्ने जानकारी पनि बहराइन सरकारसँग हुने हुँदा समयमा नै खोप लगाउन दूतावासले अनुरोध गरेको हो ।

यसअघि दूतावासले कागजात विहीन भएर काम गरिरहेकाहरुलाई दूतावासमा अनलाइनमार्फत खोप लगाउनका लागि फारम भर्न अनुरोध गरेको थियो । तर एकदमै थोरैले मात्र फारम भरेको भन्दै दूतावासले यथा सक्दो छिटो खोपका लागि फारम भर्न पनि भनेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top