दक्षिण कोरियामा कोभिडका सङ्क्रमित बढ्न थाले

२३ असार, एजेन्सी ।

दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहर फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन् ।

यहाँ केही दिनयता कोभिडका सङ्ंक्रमितहरु बढ्न थालेपछि यहाँ कोभिडको चौथो वेभ आउन सक्ने अनुमान गरिएको छ । यहाँ अबका केही दिनमा गर्मी मौसमको विदा शुरु हुदै छ । यही विदाको पूर्व सन्ध्यामा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्न थालेपछि यो चौथो वेभ आउन सक्ने त्रास बढेको बताइएको छ ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ गएको २४ घन्टामा १ हजार २१२ जना सङ्क्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६२ हजार ७५३ जना पुगेको बताइएको छ ।

यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरुको संख्या बढ्दो देखिएको छ ।मङ्गलबार देखिएको १ हजार २१२ जना सङक्रमितको संख्या पनि धेरै पछि देखिएको ठूलो संख्या हो ।

तर पनि अघिल्ला दिनहरुमा यहाँ ७०० भन्दा केही धेरै मात्र संख्याका सङ्क्रमित भेटिएका थिए । त्यसमा बृद्धि भएर मङ्गलबार मात्र अकस्मात यति धेरै संख्यामा संक्रमितहरु पाइएको हो ।

यहाँका स्वास्थ्य अधिकारीहरुले गएको छ महिनापछि यहाँ यति धेरै संख्यामा सङ्क्रमित भेटिएको बताएका छन् । यहाँ मृत्यु हुनेको संख्या भने थोरै रहेको छ ।

बुधबार देखिएका यी सङ्क्रमितहरुमा करिब ६०० जति राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा अर्को वेभको त्रास बढेको समाचारमा जनाइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top