राप्ती नदीमा आएको बाढीले नेपालको दोस्रो लामो पुलमा क्षति

२३ असार ७८, बिहीबार

२३ असार, दाङ ।

Advertisement

दाङको देउखुरीको राप्ती नदीमा आएको बाढीले नेपालको दोस्रो लामो पुलमा क्षति पु¥याएको छ । पुलको छेउछाउमा बाढीले क्षति पु¥याएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको लम्बाइ आठ सय ६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ ।

Advertisement

२०७७ माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण भइसकेको ६ महिना बितिसकेपछि उद्घाटन गरेका थिए ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मङ्सिर २२ गते शिलान्यास गरेका थिए ।

Advertisement

नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटमा रहेको कर्णाली नदीमा छ । यस पुलको लम्बाइ एक हजार १५ मिटर छ जसलाई ‘गेरुवा पुल’ पनि भनिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top