उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन कोसिस गर्नेछौँ : गभर्नर

२४ असार ७८, शुक्रबार

२५ असार, काठमाडौं ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । सेजनका तर्फबाट आज गभर्नर महाप्रसाद अधिकारीलाई ३५बुँदे सुझाव दिइएको छ ।

सेजनले चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पु–याएको भन्दै अर्थतन्त्रको पुनरत्थानलाई नै ध्यानमा राखेर नीति ल्याउन आग्रह गरेको छ ।

“चालू आवको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुर्नजीवित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

राष्ट्र बैंकले लिएको नीतिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ तर मौद्रिक नीति कार्यान्वयनको चरणमै दोस्रो लहरको कोरोना भाइरसको असर बढेपछि फेरि नेपालको अर्थतन्त्र जटिल मोडमा पुगेको छ”, सेजनले भनेको छ ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको पुनरउत्थान गर्न मौद्रिक नीति सामु चुनौती थपिएको उल्लेख गर्दै सेजनले वित्तीय क्षेत्रलाई स्थायित्व दिनुपर्ने र अर्कोतर्फ राहत दिनुपर्ने परस्पर विरोधी विषयलाई सन्तुलन गर्नुपर्ने चुनौती रहेको स्मरण गराएको छ ।

गभर्नर अधिकारीले सेजनले यथार्थपरक सुझाव दिएको भन्दै धन्यवाद व्यक्त गरे । उनले आगामी मौद्रिक नीतिका विषयमा विभिन्न सरोकारवालासँग राष्ट्र बैंकले छलफल गरिरहेको तथा चालू आवको मौद्रिक नीतिले उद्योगी व्यवसायीसहित आम सर्वसाधारणलाई आत्मविश्वास मर्न नदिएको उल्लेख गरे ।

उनले आगामी मौद्रिक नीतिले पनि उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास बढाउने खालको नै ल्याउने जानकारी दिए । “चालू वर्षको मौद्रिक नीतिका कारण हामीले उद्योगी व्यवसायीको आत्मविश्वास मर्न दिएनौँ । हामीले सबै सरोकारवालासँग छलफल पनि गरिसकेका छौँ । उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन नै कोसिस गर्नेछौँ”, उनले भने ।

सेजनका अध्यक्ष भीम गौतमले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आउने विश्वास व्यक्त गरे । सो अवसरमा डेपुटी गभर्नरद्वय बमबहादुर मिश्र र निलम ढुङ्गाना, कार्यकारी निर्देशक एवं प्रवक्ता देवकुमार ढकाललगायतको उपस्थिती थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top