×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

प्रयोगशाला नै राख्दैनन् संक्रमितको विस्तृत विवरण

२५ असार २०७८

२५ असार, काठमाडौं ।

कोरोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा सकस भएको छ । घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म फलोअप गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले संक्रमितको विस्तृत विवरण नहुँदा सकस भएको बताएको छ ।

Advertisement

सम्पर्क नम्बर नहुँदा ‘केस म्यानेजमेन्ट’मा अप्ठेरो

देशभरका ५८ सरकारी र ३८ निजी प्रयोगशालाबाट कोरोना परीक्षण हुने गरेको छ । तीमध्ये केही प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर) नसोधी परीक्षण गराउने गरेका छन् ।

जसकारण संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेकालाई सम्पर्क गर्न समस्या भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हाल देशभर २६ हजार ४ सय सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कोभिड–१९ स्वाब परीक्षण गर्ने प्रयोगशाला एवं अस्पतालहरूलाई पत्र काट्दै ईडीसीडीले भनेको छ, ‘पीसीआर पोजेटिभ भएकाहरूको सम्पर्क नम्बर पूर्णरूपमा उपलब्ध गराइदिनू ।’

महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले प्रयोगशालाबाट प्राप्त हुने रिपोर्टमा सम्बन्धित पीसीआर पोजेटिभ रिपोर्ट आएका व्यक्तिको सम्पर्क नम्बरलगायत व्यक्तिगत विवरण उपलब्ध नहुने र गलत सम्पर्क नम्बर प्राप्त हुँदा केस म्यानेजमेन्ट एवं फलोअप कल प्रभावित हुने बताए ।

सबै पीसीआर प्रयोगशालालाई कोरोना पोजिटिभ भएका व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराइदिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले कोरोना पत्ता लगाउन स्वाब परीक्षण गर्ने सबै प्रयोगशालालाई संक्रमण पुष्टि भएका व्यक्तिलाई ईडीसीडीको कल सेन्टरबाट कल गरिने भएकाले सम्पर्क नम्बर उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रयोगशालाबाट पोजिटिभ रिपोर्ट आएका व्यक्तिको सम्पर्क नम्बर र व्यक्तिगत विवरण पूर्णरूपमा उपलब्ध नहुने र गलत नम्बर उपलब्ध हुने हुँदा व्यवस्थापनमा समस्या हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ ।

डा. पौडेलले सबै प्रयोगशालालाई पीसीआर परीक्षण गराउन आउने व्यक्तिलाई अनिवार्य रूपमा सम्बन्धित व्यक्तिकै सम्पर्क नम्बर उल्लेख गर्न लगाउन पनि अनुरोध गरिएको बताए ।

यस्तै, बिहीबार देशभर १ हजार ८ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । आरटीपीसीआर र एन्टिजेनविधिबाट १० हजार ५ सय चार जनाको कोरोना परीक्षण गरिएको थियो ।

५ हजार ३ सय ७४ जनामा आरटी–पीसीआर र ५ हजार १ सय ३० जनामा एन्टिजेन परीक्षण गरिएकामा पीसीआरतर्फ १ हजार २ सय १८ र एन्टिजेनतर्फ ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार १ हजार २ सय ८६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ ।

हाल देशभरका अस्पतालमा ५ सय ७२ जना आईसीयू र १ सय ५७ जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ४७ रहेको छ । केही दिनयता गम्भीर संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।

गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको छ । यस्तै, बिहीबार काठमाडौं उपत्यकामा ४ सय २७ जनामा संक्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंका २ सय ८७, भक्तपुरका ५८ र ललितपुरमा ८२ जना रहेका छन् ।

Advertisement

आजको राजधानी दैनिकमा समाचार छ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top