कैलालीमा दिदीले गरिन् नाबालक भाइको हत्या !

२५ असार, कैलाली । कैलालीको टीकापुरमा बुधबार मृत फेला परेका साढे तीन वर्षीय नाबालक विवेक बिष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । नाबालक विष्टकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारले हत्या आरोपमा दुई किशोरीलाई पक्राउ गरिएको जानकारी दिए ।

एसपी अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको प्रहरी अनुशनधानमा स्वीकार गरेको बताए ।

२१ असार बिहान ११ बजे कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने दिलिप विष्टका साढे तीन वर्षका छोरा विवेक दिदी नाता पर्ने १५ वर्षीया किशोरीसंग जामुन खान गएका थिए ।

युवती मात्रै घर फर्किएपछि विवकेका बुवाले खोज तलासका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन दिएका थिए ।

प्रहरीका अनुशार घर फर्केकी किशोरीले रुखमा जामुन नभएको र भाइलाई घरतर्फ पठाएको तर जिद्धी गरेर आफन्तको घरमा जान्छु भनेको परिवारलाई जानकारी गराएकी थिइन्। ति किशोरीले आफू भने साथीको घरमा गएको बताएकी थिइन् ।

बालक बेपत्ता भएपछि एसपी अधिकारी सोमबार राती नै जिल्ला सदरमुकामबाट टीकापुर पुगेका थिए । असार २३ गते बेलुका बालक हराएको ठाउँबाट झण्डै ५ किलोमिटर टाँढा टीकापुर नगरपालिका–४ घोयली वनमा जमरा कुलोको किनारतर्फ विवकेको शव फेला परेको थियो ।

एसपी अधिकारीका अनुसार दिदी पर्ने किशोरीले टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ५ बस्ने साथीलाई घटना घटेकै दिन दुई वटा चाँदीको बाला राख्न दिएको खुल्न आएको र सो बालाहरु बालकको भएको परिवारजनले सनाखत गरेका थिए ।

एसपी अधिकारीका अनुसार अनुसन्धानको क्रममा पारिवारिक रिसिबीका कारण ति किशोरीले हत्याको योजना बनाएको समेत खुलेको छ । कुलोको डिलमा लगेर खुट्टामा लगाएको चाँदीको बाला निकाल्दै धक्का दिएर हत्या गरेको ति किशोरीले प्रहरीसमक्ष स्वीकार गरेकी छिन् ।

एसपी अधिकारीले किशोरीले अपराधिक योजना कसरी बनाइन भन्ने विषयमा समेत प्रहरी अनुशन्धान केन्द्रित भएको बताएका छन् । एसपी अधिकारी प्रहरी प्रधान कार्यालय काठमाडौबाट केही दिन अघि मात्रै सरुवा भएर कैलाली गएका हुन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top