नेपाल–भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर

२५ असार, काठमाडौं ।

नेपाल–भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भए सँगै वीरगञ्जमा आधारित भएर हुने आयात÷ निर्यात व्यापार देशको अन्य सीमावर्ती सहरमा पुग्ने भएको छ ।

शुक्रवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र भारतका भारतीय रेलवे बोर्डका एडिस्नल मेम्बर सुशान्तकुमार मिश्रले संशोधन सम्झौतामा हस्ताक्षर गरेका हन् । संशोधनमा नेपालले तेस्रो देशसँग हुने व्यापारका लागि भारतीय निजी रेल सेवा उपयोग गर्ने मुख्य विषय समेटिएको छ ।

यस्तै सम्झौतामा नेपालमा भारतीय रेलको प्रवेश विन्दु वीरगञ्ज रहेकोमा अब रेल सेवाको पूर्वाधार भएको सीमावर्ती सहरमा पनि आयात÷निर्यात व्यापारमा सहज हुन सक्ने सुविधा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए ।

संशोधन भएको सम्झौतामा भारतीय रेल सेवा सञ्चालनमा ल्याउन अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर÷वागनहरू नेपाल लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिने र निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाल लक्षित ढुवानी गर्न÷गराउन सकिने व्यवस्था गरिएको प्रवक्ता रेग्मीले बताए ।

त्यस्तै नेपाल लक्षित परिवहन कार्गो ढुवानीका लागि नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷हल्दियासम्म रेल सेवा दिन सक्ने गरी सम्झौता संशोधन भएको छ ।

अहिले वीरगञ्जसम्म रेल सञ्चालन भएकोमा विराटनगर, भैरहवा र नेपालगञ्ज, दोधारा, चाँदनीलगायतका ठाउँमा रेल सेवाको पूर्वाधार तयार भएपछि सेवा उपलब्ध हुने र नेपाल–भारत पारवहन सन्धिमा व्यवस्था भएअनुसार अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाको सहमतिका आधारमा रेल सञ्चालन हुँदै जाने पनि सहमतिमा व्यवस्था गरिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top