किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ

२६ असार, नुवाकोट ।

जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिदुर नगरपालिका–७ तुप्चे बस्ने २९ वर्षीय ललित बिक र सोही ठाउँ बस्ने २० वर्षीय सुवास थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

ललितको कोठामा ती किशोरीलाई लगि उनीहरूले गत सोमबार जबरजस्ती करणी गरेको भन्ने भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.