प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको सर्जिकल भवनको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको सर्जिकल भवनको उद्घाटन

२७ असार, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नव निर्मित सर्जिकल भवनको उद्घाटन गरेका छन् । आइतबार बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गरेका हुन् ।

२०७४ सालमा प्रधानमन्त्री ओलीबाट नै शिलान्यास भएको उक्त सर्जिकल भवनको शर्मा निर्माण कम्पनीले निर्माण गरेको थियो । भवनमा यसअघिदेखि नै कोरोना संक्रमितको उपचार भइसकेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.