बाघ र मानव द्वन्द्वलाई टार्ने प्रभावकारी कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन

२७ असार, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ र मानव तथा अन्य जनावरसँगका द्वन्द्वलाई टार्ने कार्यक्रम प्रभावकारी बनाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

जैविक चक्रको संरक्षणका लागि बाघको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै उनले शनिबार प्रधानमन्त्री निवासमा बालुवाटारमा आयोजित राष्ट्रिय बाघ संरक्षण समितिको सातौँ बैठकमा बाघको शिकार तथा आखेटोपहारजस्ता कुरालाई हतोत्साहित गर्न तथा बाघको बासस्थान आसपासका जनतालाई बाघबाट सुरक्षित हुन र टक्करमा नपर्न सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।

“संरक्षण क्षेत्रमा बाघकोे आहारा पाउने कुरालाई सुनिश्चित गरिनुपर्छ नत्र अन्यत्रबाट ल्याएर पनि उसका आहारा हुने जन्तु पाल्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “त्यसो भयो भने मात्र बाघले आफ्नो भोजन बदमासीबिना प्राप्त गर्न सक्छ ।”

संरक्षणमा संलग्न निकायले जङ्गलमा बाघको कति प्रतिशत क्षेत्रमा बसोबास हुन्छ, हिमाल, पहाड र तराई गरी तीनै खालका बाघको सङ्ख्या यकिन गर्न कुन–कुन बाघको कस्तो–कस्तो स्थिति छ भन्ने अध्ययन गर्नुपर्ने बताउँदै उनले विकास निर्माणकार्यमा वन्यजन्तुलाई असर नपर्ने गरी नीति बनाउन आग्रह गरे ।

पाटेबाघ लोप हुनुपूर्व नै विश्वको चासो बाघ संरक्षणमा गएको उल्लेख गर्दै उनले सेन्टपिटसवर्ग सम्मेलनले तय गरेजस्तै बाघको सङ्ख्या दुई गुणा वृद्धि गर्ने निर्णय नेपालले कार्यान्वन गरेको बताए । प्रधानमन्त्री ओलीले शताब्दीयौँदेखि हामीले जोगाएका पाल्तु जनावर खाने बाघ बङ्गाल टाइगर नहुने भएकाले यसलाई पाटे बाघ भन्न पनि आग्रह गरे ।

बैठकले बाघ संरक्षणमा नेपालले गरेका प्रयास र उपलब्धिका बारेमा छलफल गर्दै आगामी दिनमा बाघ संरक्षण विशेष कार्यक्रमलाई पुनः निरन्तरता दिई थप स्रोत जुटाउने, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तु अस्पताल तथा उद्धार केन्द्र स्थापना तथा सञ्चालन गर्ने, बाघको दीर्घकालीन संरक्षण गर्न बासस्थानको विस्तार गर्न आवश्यक तयारी गर्ने, वन्यजन्तुमैत्री भौतिक पूर्वाधार निर्माणसम्बन्धी निर्देशिका, वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ लाई संशोधन गरी सबै डिभिजन वन कार्यालयमार्फत ७७ वटै जिल्लाबाट राहत वितरण गर्नेलगायतका निर्णय गरेको छ ।

बैठकले आगामी साउन १४ गते बाघ संरक्षणलाई विशेष जोड दिन प्रधानमन्त्री बाघ सम्मेलन कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top