२७ असार, काठमाडौँ ।
नेकपा एमालेमा एकताका लागि प्रयासरत कार्यदलको बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा सुरु भएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सदस्यहरु एक घण्टा ढिलागरी बैठकस्थलमा आइपुगेपछि बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका सदस्यहरु भने अगाडि नै बैठकस्थल पुगिसकेका थिए ।
आजको बैठकले एकताको घोषणा गर्ने बताइएको छ । १० सदस्यीय कार्यदलले पार्टी एकताका लागि नौ बुँदे सहमतिको मस्यौदा तयार पारेको छ।