‘अनावश्यक सामान किनेर प्रयोगविहीन बनाइ देशलाई घाटा हुने काम नगरौँ’

२७ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रूपमा प्राविधिक सामान खरिद नगर्न सचेत गराएका छन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘इक्विपमेन्ट चाहिए पनि नचाहिए पनि किन्ने । नचाहिएका इक्विपमेन्ट नखोलिकन राख्ने अनि देशको क्षति पु¥याउने जस्ता काम नहून् । किन्न आवश्यक पर्दा किन्ने हो । किन्न रुचि राख्न हुँदैन सामान ।

किनेर सामान निष्क्रिय बनाएर राख्ने, तिनको प्रयोग नगर्ने र प्रयोजनविहीन बनाएर राख्ने र देशलाई ठूलो घाटा । त्यो खालका कुरा हुनुहुँदैन । हामीले हरेक चिजको सदुपयोग गर्नुपर्छ । सक्रिय सदुपयोग हुनुपर्छ ।’

सडकमा फालिएका प्लास्टिक टिपेर गरी पुनः प्रयोगमा ल्याउने गरेको प्रसङ्ग उल्लेख गर्दै अनावश्यक सामान खरिद गरेर प्रयोगविहीन बनाइ देशलाई घाटा हुने काम नगर्न पनि उनले सचेत गराएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने गरी सरकारले प्रयास अघि बढाएको बताएका छन् । सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरी सरकारले पहलकदमी अघि बढाएको उनले बताए ।

प्रधानमन्त्री ओलीले युनिफाइड केन्द्रीय अस्पतालले नयाँ सफलता हासिल गरेको भन्दै पूर्ण क्षमतामा अविलम्ब सञ्चालन गर्न निर्देशन दिए । अस्पतालका लागि आवश्यक दरबन्दी पनि वृद्धि गरिएको र आवश्यकताअनुसार अत्यावश्यक सामानलगायत मानवीय जनशक्तिको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउँदै उनले बिरामीलाई गुनासोरहित सेवा प्रदान गर्न पनि सचेत गराए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top