बागलुङका ६६ घर पहिरोको उच्च जोखिममा

२६ असार ७८, आइतबार

२७ असार, बाग्लुङ ।

बाग्लुङमा पछिल्लो दुई महिनाका अवधीमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् ।

बेपत्ता हुनेमा ताराखोला गाउँपालिका–२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेका प्रहरीले जनाएको छ । वर्षात्को शुरुमै जिल्लाका विभिन्न स्थानमा एक दर्जन बढी घरपरिवार विस्थापित भएका थिए । उनीहरु छिमेकीकामा आश्रय लिएर बसेका छन् । काठेखोला ,बडीगाड, ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याएको छ ।

पहिरोमा २५ घर र तीन गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । मानवीय क्षति हुने सम्भावना बढेपछि जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ । बाढीपहिराबाट यस अवधीमा रु डेढ करोड भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

यही असारको पहिलो साता नै बागलुङ नगरपालिका–७ पैराबारीमा घरमाथिबाट झरेको पहिरोले एक घर भत्काएको थियो भने एक घर उच्च जोखिममा पारेको थियो । पहिरोका कारण स्थानीयवासी रवीलाल गौतमको घर गोठ भत्काएको थियो भने गोठमा रहेको भैंसी पुरिएर मरेको छ ।

सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेपछि परिवार विस्थापित भएको जनाइएको छ । वर्षात्का कारण बागलुङ –४ स्थित नन्दलाल पौडेलको घर भत्केको र सोही स्थानका प्रदीप शेरचनको दुईतले पक्की घर, माया जिसीको कच्ची घर पहिरोका कारण उच्च जोखिममा परेपछि विस्थापित भएको थियो ।

बागलुङ–१३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घरको अगाडि र पछाडिबाट पहिरो झरेपछि घर उच्च जोखिममा परेको थियो । बरेङ गाउँपालिका–१ भ्यूडाँडाका विशाल विकको घर पनि जोखिममा परेपछि उनको परिवार पनि विस्थापित बनेको छ ।

त्यसैगरी गलकोट –४ चमुवाकी स्थानीय चन्द्रकला क्षेत्रीको घर पछाडिबाट पहिरो झरेपछि दुई तले कच्ची घर उच्च जोखिम परेको छ । घर जोखिममा परेपछि उनको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । गलकोटकै डाँडाखेतमा पनि पहिरोले स्थानीय देवबहादुर खत्रीको घर उच्च जोखिममा परेपछि उनको परिवार विस्थापित भएको छ । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको हवारीको भनाइ छ ।

जिल्लाको जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको उच्च जोखिममा परेका छन् । अविरल वर्षाको कारण जैमिनी –७ जैदीका ८ घर र काठेखोला– ७ रेशका तीन घर पहिरोको उच्च जोखिममा परेका हुन् ।

वर्षाको कारण बस्ती तलबाट पहिरो जान थालेपछि जैमिनी जैदीका ८ घर पहिरोको उच्च जोखिममा परेको छ । पहिरोको कारण तीन घरपरिवारले आफन्तकोमा आश्रय लिएका छन् भने अन्य अन्य पाँच घरका व्यक्ति भने बसाइँ नै सरेको बताइएको छ ।

पहिरोका कारण कालिदास शर्मा, लेखनाथ शर्मा र दीपक शर्माको परिवार आफन्तकोमा आश्रय लिएर बस्न बाध्य छन् । असारको पहिलो साता नै काठेखोला गाउँपालिका–७ रेशमा सडकमाथिबाट आएको पहिरोका कारण तीन घर विस्थापित भएका छन् । रेश हुँदै बागलुङ बजार जोड्ने सडकखण्ड अन्तर्गत जिरेदीको कालिका मन्दिरदेखि गगनपानीसम्मको सडकमा माथिबाट खसेको पहिरोको सडकमाथि र सडकमुनिका तीन घर विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ मा पनि दुई घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । पहिरोले स्थानीय मीनबहादुर विक र मनरमा विकको घर पहिरोको उच्च जोखिमा रहेकोले सुरक्षित स्थानमा सारिएको छ । जिल्लाको बरेङ गाउँपालिकामा पनि १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँपालिकाको धुल्लुबाँस्कोटमा १४ घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

धुल्लुबाँस्कोटको भीउँ डाँडामा तीन घर, लुगरुङमा चार घर, थापाथरमा तीन घरगोठ, उर्लेनिमा तीन घर र धुल्लुबाँस्कोट मिलन चोकमा एक घर पहिरोको उच्च जोखिममा छ । वडा नं २ को हुग्दीशिरमा तीन घर र वडा नं ५ सुखौरामा दुई घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासीको भनाइ छ । त्यस्तै जिल्लाको काठेखोला–८ लेखानीमा पनि नौ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top