शंख फुकेर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध

शंख फुकेर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध

२७ असार, काठमाडौं ।

विपक्षी गठबन्धनसँग आबद्ध संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरुद्धमा राजधानी शङ्ख फुकेर विरोध प्रदर्शन गरेका छन् ।

आइतबार माइतीघर मण्डलामा विद्यार्थीहरुले शङ्ख फुक्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेका हुन् ।

नेपाल आयल निगमलाई मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्र्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.