लगातारको वर्षाका कारण डोटीमा तीन घर भत्किए

२७ असार ७८, सोमबार

२८ असार, डोटी ।

लगातारको वर्षाका कारण डोटीमा तीन वटा घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सह–सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दकाअनुसार सायल गाउँपालिका–१ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको दुइ तले जस्ताले छाएको घर भत्किएको छ । उनको घरको तल्लो तला भत्किँदा गोठमा रहेका दुई वटा बाख्रा पुरिएर मरेका छन् ।

यसैगरी बडिकेदार गाउँपालिका–१ का धनबहादुर कलेलको दुई तले सिलेटले छाएको घर र दिपायल सिलगढी नगरपालिका–५ बागठाटाका जोगी भुलको ढुङ्गा माटोले बनेको दुई तले घर भत्किएको हो । घर भत्किँदा कम्तीमा पनि १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

दिउँसोको समय भएकाले यी दुई भत्किएका घरमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिल्लामा केही दिनयतादेखिको वर्षाका कारण जोखिम बढेकाले सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top