जोकोभिचलाई छैटौँ पटक विम्बल्डनको उपाधि, फेडेरर र नाडालको कीर्तिमानसँग बराबरी

२७ असार ७८, सोमबार

२८ असार, काठमाडौं ।

Advertisement

विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । लण्डनमा गएराति भएको फाइनल खेलमा इटलीका माटियो बेरेटिनीलाई ६–७, ६–४,६–४ र ६–३ को सेटमा हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । योसँगै जोकोभिचले छैटौं पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।

जोकोभिचले स्विस स्टार रोजर फेडेरर र स्पेनिस स्टार राफायल नाडालले बनाएको सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् । ३४ वर्षीय जोकोभिचले गएको महिना फ्रेन्च ओपन जितेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top