कोरोना सङ्क्रमण कम भएसँगै भारतमा विद्यालय खुलाउने तयारी

२८ असार, एजेन्सी ।

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी गरेका छन् ।

उत्तराखण्ड, आन्ध्रप्रदेश, बिहारलगायत केही राज्यले आउँदो हप्तादेखि विद्यालय खुलाउने तयारी गरेका हुन् । दिल्लीमा भने सङ्क्रमणको जोखिम नै रहेकाले तत्काल विद्यालय नखुल्ने त्यहाँको सरकारले जनाएको छ ।

Advertisement

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डमा आउँदो सोमवारदेखि कक्षा १ देखि १२ कक्षासम्मका विद्यालय खुल्नेछन् । तर, विद्यार्थी तत्काल विद्यालय जाने छैनन् । विद्यालयमा शिक्षक मात्र जाने छन् ।

विद्यार्थी घरमै अनलाइनमार्फत पढ्नेछन् । यस्तै, बिहारमा कक्षा १० देखिमाथिका कक्षाको पढाइ सोमवारदेखि नै सुरु हुनेछ । यसका लागि ५०, ५० प्रतिशतमा विद्यार्थीलाई आलोपालो गरी विद्यालयमा बोलाइने छ । महाराष्ट्रमा आउँदो ३१ गतेदेखि कक्षा ८ देखि १२ कक्षासम्मको पढाइ हुनेछ । त्यसैगरी आन्ध्रप्रदेशमा अर्को महिना विद्यालय खुलाउने तयारी छ ।

राजस्थानमा भने विद्यालयमा नयाँ भर्नाका लागि अनुमति दिइएको छ । तत्काललाई भने विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिलाई अनुमति दिइएको छैन । त्यसैगरी उत्तरप्रदेशका विद्यालयमा साउन ४ गतेदेखि ९ देखि १२ कक्षासम्मको पढाइ हुनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top