नारायणगढ–मुग्लिङ सडक ठप्प, सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध

नारायणगढ–मुग्लिङ सडक ठप्प, सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध

२८ असार, काठमाडौं ।

पहिरोका कारण नारायणगढ–मुग्लिङ सडक ठप्प भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहान साढे ४ बजे सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार बिहान ५ बजेदेखि नै पहिरो पन्छाउने काम भइरहेको छ । अहिले दुई वटा डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । सडकमा खसेको पहिरो हटाउन थप डोजर ल्याउने तयारी पनि भएको छ । पहिरो खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने उनले बताए ।

मुग्लिङ–नारायणगढ सडक खण्डमा दिनहुँजसो पहिरो खसिरहेकाले यो सडक हुँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीको आग्रह छ । अत्यावश्यक काम नपरिकन यात्रा नगर्न र काम विशेषले हिँड्दा पनि सडकको अवस्था बारे जानकारी राख्न प्रहरीको अनुरोध छ । यसपालिको मनसुन सुरु भएसँगै मुग्लिङ–नारायणगढ सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.