सिल्टेसन ड्यामको विषयमा कानूनी उपचार खोजिने

२७ असार ७८, सोमबार

२८ असार, गण्डकी ।

फेवातालको शिर हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याममा वर्षाका कारण गम्भीर क्षति पुगेको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका टीकाटिप्पणीप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

फेवाताल संरक्षणको उद्देश्य राखेर गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महानगरले चार वटा खोलामा निर्माण गरेका सिल्टेसन ड्याममध्ये हपर्न खोलामा बनाइएको डयाममा क्षति पुगेको बारेमा आएका प्रतिक्रियामा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण भएको जनाएका हुन् ।

“क्षतिग्रस्त उक्त सिल्टेसन डयामको गुणस्तर तथा निर्माणका क्रममा तयार गरिएको डिजाइनको विषयमा केन्द्रित भई प्रतिक्रिया आएको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ, “डिजाइनमा भएको त्रुटिका कारणले यस्तो घटना भएको हो वा होइन भनी सो ड्यामको डिजाइन तयार गर्ने परामर्शदातालाई यस कार्यालयको तर्फबाट स्पष्टीकरण सोधिएको छ ।”

अघिल्लो बर्सातमा ड्याममा भएको क्षतिपश्चात गरिएको मर्मतको विषयमा प्रश्न उठाई उक्त निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीलाई पुनः मर्मतसम्भार गर्न पत्राचार गरिएको भन्दै डिजाइनकर्ता तथा निर्माण व्यवसायीका तर्फबाट कुनै जवाफ प्राप्त नभएकाले महानगरपालिकाले ताकेता गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“आयोजनाको त्रुटि सच्याउने अवधि तथा बीमालगायतका विषयमा महानगरपालिकाले थप स्पष्ट हुने प्रयास गरेको छ”, जारी विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित पक्षले कानूनी दायित्वबाट कुनै उन्मुक्ति नपाउने तथा कार्यालयले कानूनीरूपमा आफ्नो हित रक्षाका लागि चाल्नुपर्ने सम्पूर्ण कदम चाल्ने र उक्त प्रकरणलाई सार्वजनिक खरिदसम्बन्धी विद्यमान नेपाल कानूनबमोजिम निष्कर्षमा पु–याउने छ ।”

सोही चरणमा निर्माण गरिएका अन्य तीन वटा ड्याम यस महानगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐनबमोजिम मर्मत सुधार तथा पुनःनिर्माणका लागि अर्को कम्पनी फेवा सिल्टेसन प्रालिसँग हालै सम्झौता भई संरक्षणको कार्य आरम्भ भएको जानकारी गराउँदै उक्त सम्झौताबमोजिम सो प्रालिसँग वार्ता गरी स्थानीयवासीले उठाएका विषय तथा हाल ड्याममा पुगेको क्षतिलगायत उत्पन्न परिस्थितिको समाधान खोजिने विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।

फेवाताल संरक्षणका लागि पोखरा–२३ स्थित हर्पनखोला घाँटीछिनामा रु सात करोड ८८ लाख ६२ हजारको लागतमा १०० मिटर लम्बाइ, १०० मिटर चौडाइ एवं चार मिटर उचाइ रहेको चेक ड्याम तथा सिल्ट पोखरीको निर्माण गरिएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top