साउनमा पनि अर्जुनधाराधामको मुख्य मन्दिर खुला नहुने

२७ असार ७८, सोमबार

२८ असार, झापा ।

कोभिड–१९ को महामारी नघटेको र सरकारले लगाएको निषेधाज्ञा जारी रहेको कारण जनाउँदै झापाको प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम यसपालि साउने पर्वमा नखुल्ने भएको छ । साउन महिनाको सोमबार हिन्दू नारीले मनोकामना पूर्ण होस् भन्दै शिवालयमा जल चढाउने परम्परा रहेको छ ।

झापामा निषेधाज्ञा जारी रहेको हुँदा मन्दिर खुला नहुने धाम व्यवस्थापन समितिले जनाएको छ । साउन महिनामा पहेँलो र हरियो रङका चुरा, मेहन्दीलगाएर शिवजीको पूजा आराधना गर्दा मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । पूर्वको पशुपतिनाथको नामले परिचत अर्जुनधारा जलेश्वरधाममा विगगका वर्षमा साउन महिनाको सोमबार जल चढाउने भक्तजनको घुइँचो लाग्ने गर्दथ्यो ।

गत वर्ष पनि कोभिड–१९ को तीव्र लहरका कारण धाम खुलाइएको थिएन । मूलढोका नखुल्दा भक्तजनले मन्दिर बाहिरबाट नै फूल र प्रसाद अर्पण गरेर शिवको पूजा आराधना गरेका थिए ।

यसपालि पनि बिहान नित्य पूजाको समयबाहेक मन्दिर नखुल्ने समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । सोमबारे जल चढाउन र शिवको पूजा आराधना गर्न पूर्वी नेपालका विभिन्न स्थानदेखि भारतको सिलीगुढी, दार्जिलिङ, सिक्किमलगायतका ठाउँबाट हजारौँ भक्तजन अर्जुनधारा आउने गरेका थिए । यहाँ आउने भक्तजनको सुरक्षा र व्यवस्थापनका लागि सुरक्षाकर्मीको समेत व्यवस्था हुने गरेको थियो ।

कोभिड–१९ को सङ्क्रमण बढेसँगै मठमन्दिर, सभा समारोहलगायतका सम्पूर्ण कार्यक्रम सरकारले स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले गत वैशाख २१ गतेदेखि नै पटकपटक निषेधाज्ञा जारी गर्दै आएको छ ।

निषेधाज्ञा अवधिमा अर्जुनधाराको मूल मन्दिर बिहान ५ बजेदेखि ७ः३० बजेसम्म नित्य पूजाका लागि मात्र खुल्ने गरेको जोशीले बताए । “सरकारी नियम पालना गर्छौं”, उनले भने, “तत्काल मन्दिर खोल्ने कुनै योजना छैन । यस्तो महामारीका समयमा टाढाका भक्तजन पक्कै आउनुहुन्न । नजिकबाट आउनेहरुले सुरक्षा मापदण्ड अपनाएर मन्दिरबाहिर रहेको शिवलिङ्गमा पूजा गर्न सक्नुहुन्छ ।”

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top