भारतमा चट्याङ लागेर एकै दिन ६४ जनाको मृत्यु

२७ असार ७८, सोमबार

२८ असार, एजेन्सी ।
उत्तर भारतका विभिन्न ठाउँमा भएको चट्याङसहितको वर्षाका कारण कम्तीमा ६४ जनाको मृत्यु भएको छ।

Advertisement

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उत्तर प्रदेशमा चट्याङ लागेर ४४ जनाको ज्यान गएको छ। चट्याङसहित परेको भारी वर्षाका क्रममा अन्य ४७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा प्रयागराजमा १४, कानपुर देहात र फतेपुरमा ५–५ तथा कौशान्बीमा ४ जना लगायत छन्। अधिकारीहरुका अनुसार यी क्षेत्रमा २ सयभन्दा बढी गाइवस्तु मरेका छन् ।

Advertisement

मुख्यमन्त्री योगी आदित्यनाथले थुप्रै जिल्लामा चट्याङबाट ठूलो मानवीय क्षति भएको बताएका छन्। यस्तै राजस्थानमा चट्याङ परेर कम्तीमा २० जनाको मृत्यु भएको छ। त्यहाँ २१ जना घाइते भएका छन्।

जयपुरस्थित आमेर किल्लाको भ्यु टावरमा चट्याङका पर्दा १२ जनाको मृत्यु भएको छ। कोटा जिल्लामा बालबालिकासहित ८ जनाको मृत्यु भएको जनाइएको छ।

Advertisement

भारतको मौसम पूर्वानुमान विभागले हिजो उत्तर प्रदेशका थुप्रै क्षेत्रमा चट्याङसहित भारी वर्षाको चेतावनी दिएको थियो। ती क्षेत्रमा आज पनि भारी वर्षा र चट्याङको सम्भावना रहेको विभागले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top