सर्वोच्चको फैसला संविधान र लोकतन्त्र रक्षाको पक्षमा योगदान : नारायणकाजी श्रेष्ठ

सर्वोच्चको फैसला संविधान र लोकतन्त्र रक्षाको पक्षमा योगदान : नारायणकाजी श्रेष्ठ

२९ असार , काठमाडौं ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पु¥याएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशपछि सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पु¥याएको छ ।’

साथै प्रवक्ता श्रेष्ठले अदालतको निर्णयको आफूहरूले स्वागत गर्ने पनि बताए । ‘यसको हामी स्वागत गर्दछौँ । प्रतिगमनकोविरुद्ध सङ्घर्ष गर्ने सबै राजनीतिक पार्टीहरू, नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु’, उनले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.