नेपाल पक्ष गठबन्धनबाट अलग

२८ असार ७८, मंगलबार

२९ असार, काठमाडौं ।

Advertisement

नेपाल विपक्षी गठबन्धन आबद्ध दलको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले भने सबैसँगको सहकार्यबाट अघि बढ्न कांग्रेस सभापति देउवालाई सुझाएका छन् ।

उनले बैठकमा संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न हुँदा आफू विपक्षी गठबन्धनमा आबद्ध भएको भन्दै अब त्यो अध्याय सकिएको तथा संविधान र लोकतन्त्र बचेको भन्दै गठबन्धनबाट अलग हुने निर्णय सुनाएका थिए ।

Advertisement

सो क्रममा नेपालले देउवालाई सरकार गठन गर्दा सबै पक्षलाई मिलाएर सहकार्यबाट अघि बढ्न भनेका हुन् । ‘संविधान र लोकतनत्रमाथि खतरा हुँदा म विपक्षमा आएँ, अब संविधान र लोकतन्त्र बचेको छ, तपाईले सबैसँग सहकार्य गरेर अघि बढ्नुहोला एमालेलाई पनि साथ लिनुहोला, हिजो हामी विभाजित अवस्थामा थियौं, अहिले पार्टीलाई एकताबद्ध बनाउने प्रयास अघि बढेको छ, हामी चाँडै यसलाई टुंग्याउन चाहन्छौं ।’

बैठकमा नेता नेपालले राखेको धारणाबारे जानकारी दिँदै एमाले नेता रघुजी पन्तले पत्रकारहरूसँग भने । सो क्रममा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधै सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न सक्षम सरकार बनाउन देउवालाई शुभकामना समेत दिएको उनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top