मोटरसाइकल चोरी र लागुऔषध कारोबारमा संलग्न तीन जना घुमुवा प्रहरी निलम्बन

२९ असार ७८, बुधबार

३० असार, दाङ ।

Advertisement

दाङमा कार्यरत तीन जना घुमुवा प्रहरी निलम्बनमा परेका छन् । मोटरसाइकल चोरी र लागुऔषधको कारोबारमा संलग्न रहेको आरोप लागेका उनीहरु निलम्बनमा परेका हुन् ।

इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बनमा परेका हुन् ।

Advertisement

त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनामा राखेर थप अनुसन्धान भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top