बालकोट पुगेर ओलीले भने -माधव नेपाललाई पार्टीमा ठाउँ छैन

३० असार, काठमाडौं ।

Advertisement

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई कुनै ठाउँ नभएको बताएका छन् । बालुवाटारबाट बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

आफ्नो सरकार ढाल्न नेपालले अगुवाइ गरेको ओलीको भनाई छ । ‘कमीकमजोरी स्वीकार्ने अन्यका हकमा पार्टीमा काम गर्न चाहनेलाई मौका दिन्छौं। तर, माधव नेपालको हकमा गल्तीकमजोरी महशुस गरेपनि पार्टीमा स्वीकार्ने ठाउँ छैन।’ ओलीले भने ।

Advertisement

नेपालका पछाडि लाग्ने केही व्यक्तिहरूले कमीकमीजोरी महशुस गरेर काम गर्न चाहेमा मात्रै पार्टी ठाउँ दिने ओलीले बताए ।

पार्टीभित्र विभिन्न तत्वहरुको घुसपैठ भएको र पार्टीकै नेता नेपालको नेतृत्वमा सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ त कहिले अदालत गएको उनले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top