जबरजस्ती करणी गरेको अभियोगमा २ पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ पक्राउ

३० असार, काठमाडौं ।

जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ललितपुर, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–३ पाटीस्थित डेरा गरी बस्ने महोत्तरी भगाह नगरपालिका–७ घर भएका ४० वर्षीय मदन कुमार सिंहथारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो सिंहथारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उदयपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–३ हडैया बस्ने २६ वर्षीय दुर्गा कुमार थापा मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.