१२ वर्षपछि धौलिगाड खानेपानी आयोजना टेन्डरमा गएपछि जुम्लामा खुसीयाली

२९ असार ७८, बुधबार

३० असार, जुम्ला ।

हिमाली क्षेत्रको सबैभन्दा ठूलो खानेपानी आयोजना धौलिगाड टेन्डरमा गएको छ । लामो प्रयासपछि विद्युतीय खरिद प्रणालीबाट आयोजनाको टेन्डर आह्वान गरिएको हो ।

जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकाको समन्वयमा टेन्डर आह्वान गरिएको सङ्घीय खानेपानी आयोजनाले जानकारी दिएको छ ।

चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकाका गरी आठ हजार दुई सय ९२ धारा बनाउने आयोजनाका लागि एक अर्ब २६ करोड आठ लाख रुपैयाँमा टेन्डर आह्वान गरिएको आयोजना प्रमुख महेश न्यौपानेले जानकारी दिए ।

जुम्ला सदरमुकाममा खानेपानी अभाव भइरहेको समयमा चन्दननाथसहित तीन पालिकाका तीन पालिकाका ४४ हजारभन्दा धेरै जनसङ्ख्या लाभान्वित हुनेछन् ।

झन्डै १२ वर्षपछि आयोजना टेन्डरमा गएपछि जिल्लावासीमा खुसीयाली छाएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जुम्ली जनताको ठूलो सपना धौलिगाड खानेपानी आयोजना टेन्डरमा गएपछि निकै ठूलो फाइदा भएको बताए । उनले यो आयोजनामा सहयोग गर्ने पालिका सरकारसहित सबैलाई धन्यवाद दिए ।

२०६६ सालमा स्थानीयवासी राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समिति हुँदै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको नेतृत्वमा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, तातोपानी गाउँपालिका अध्यक्ष तदर्थ समितिको पहल र जनप्रतिनिधि, नेपाल सरकार र सरोकारवाला निकायको सहयोगमा आयोजना टेन्डरमा जान सफल भएको हो ।

आयोजनाको परिकल्पना भने कर्णाली सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले गरेका थिए । पूर्वमन्त्री भण्डारी पहिलो संविधान सभाको सदस्य हुँदादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै धौलिगाडको कल्पना गरिएको थियो ।

विभिन्न कारणले झन्डै मरिसकेको आयोजनाले ओली सरकारको पालामा भने मूर्त रूप पाएको थियो । आयोजनाको पहल गर्न मन्त्री भण्डारीसँगै पूर्वराज्यमन्त्री बलबहादुर महत, राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, भूमि व्यवस्था आयोग जुम्लाका अध्यक्ष धीरेन्द्रराज गिरीसहित थुप्रैले पहल गरेको समन्वय उपप्रमुख बुढाले जानकारी दिए ।

आयोजना झन्डै चार हजार मिटर उचाइमा रहेको र हिउँ जम्ने ठाउँमा मूल भएकाले सुरक्षित ल्याउन आधुनिक प्रविधिका सामग्री प्रयोग गरिने आयोजनाले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top