जाँदा–जाँदै ओली सरकारले २८ प्रतिशतसम्म गाडी भाडा बढायो

२९ असार ७८, बुधबार

३० असार, काठमाडौं ।

Advertisement

सरकारले सार्वजनिक गाडीको भाडा दर बढाएको छ । यातायात व्यवस्था विभागले आज बुधवार सार्वजनिक गरेको सूचनाअनुसार २८ प्रतिशतसम्म गाडी भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार २७ गते सहमति दिएको थियो ।

विभागले हिजो २९ गतेदेखि नै नयाँ भाडा दर लागू भएको जनाएको छ । नयाँ भाडा दर अनुसार सार्वजनिक बसको भाडा २८ प्रतिशत बढेको छ ।

Advertisement

यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ ।

बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top