यात्रु ठग्ने ४९ जना ट्याक्सी चालकलाई कारबाही

यात्रु ठग्ने ४९ जना ट्याक्सी चालकलाई कारबाही

३० असार, काठमाडौं ।

यात्रु ठग्ने ४९ जना ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज बुधवार एकै दिन ४९ जना चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, मिटर बिगार्ने लगायतका कसुरमा उनीहरू कारबाहीमा परेका ट्राफिक प्रहरीको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.