पेट्रोल, डिजेल र मट्टितेलको भाउ एकरएक रुपैयाँले घट्यो

३१ असार ७८, बिहीबार
Share this
773shares

३१ असार, काठमाडौं ।

Advertisement

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक÷एक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ ।

निगम घाटामा हुँदाहुँदै पनि पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एक÷एक रुपैयाँ घटाइएको निगमको भनाइ छ । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ११ रुपैयाँमा झरेको छ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढिरहेको अवस्थामा नेपालमा पनि भाउ बढ्ने कुरालाई ख्याल गरिदिन निगमले आग्रह पनि गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top