वैशाखयता विपद्का घटनामा एक सय ३९ जनाको ज्यान गयो

वैशाखयता विपद्का घटनामा एक सय ३९ जनाको ज्यान गयो

३१ असार, काठमाडौं ।

गएको तीन महिनामा विपद्का घटनामा एक सय ३९ जनाको ज्यान गएको छ । यस्तै अन्य ३६ जना हराइरहेका छन् भने तीन सय २३ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार गएको वैशाख १ गतेदेखि आज बिहीवारसम्ममा एक हजार एक सय ७९ वटा घटना भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै चट्याङका कारण ३७ जनाको ज्यान गएको छ ।

यस्तै पहिरोमा २९ जनाको ज्यान गएको छ भने सात जना हराइरहेका छन् । बाढीमा २७ जनाको ज्यान गएको छ र २८ जना हराइरहेका छन् । अविरल वर्षाले आठ जनाको ज्यान लिएको छ ।

यस्तै आगलागीमा परेर ११ जना, डढेलोमा तीन जना, जनावरको आक्रमणबाट १४ जना, सर्पले टोकेर नौ जना र हावाहुरीले एक जनाको ज्यान गएको छ ।

विपद्का घटनाबाट एक हजार तीन सय ९६ घरपरिवारको ५६ करोड ५६ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.