माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

२ साउन, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेका हुन् ।

एमालेका दोस्रो तहका नेताहरु १० बुँदे सम्झौता कार्यन्वयनमा जुटेका बेला प्रचण्ड र नेपालबीचको भेटवार्तालाई राजनीतिकमा अर्थपूर्ण ढंगले हेरिएको छ ।

हाल उनीहरुबीच सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल जारी रहेको बताइएको छ । नेपाल पक्षले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । तर, हाल नेपाल पक्ष सरकारमा भने सहभागी भएको छैन।

त्यस्तै, पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि शुरु हुँदैछ । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको नेपाल पक्षले देउवालाई विश्वासको मत दिने तयारी गरेको छ । केही दिनअघि प्रधानमन्त्री देउवा पनि नेपाल निवास पुगेर छलफल गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top